प्रधानसेनापति भारत दौडदै

२०७० आश्विन ५ गते, शनिबार

काठमाडौँ । प्रधानसेनापति गौरवशमशेर जबरा भारतीय सेनाध्यक्ष जनरल विक्रम सिंहको औपचारिक निमन्त्रणामा यीहि असोज १३ गते साताव्यापी भारत भ्रमणमा जाने भएका छन् । सैनिक मुख्यालय जंगीअड्डाले उनको भ्रमण कार्यक्रम स्वीकृतिका लागि रक्षा मन्त्रालयमार्फ् मन्त्रिपरिषद् कार्यालयमा पठाएको स्रोतले बतायो । स्रोतका अनुसार भारतीय सेनाध्यक्ष जनरल विक्रम सिंहको औपचारिक निमन्त्रणामा उनी साताव्यापी भ्रमणका लागि जान लागेका हुन् । उनी असोज १९ गते र्फकने छन् । स्रोतले जबरा भारत जान लागेको पुष्टि गरे पनि मन्त्रिपरिषद्बाट स्वीकृत भइनसकेकाले भ्रमणको विस्तृत जानकारी दिन नमिल्ने बतायो ।’ स्वीकृत हुनासाथ भ्रमणबारे विस्तृतरूपमा जानकारी गराइनेछ,’ उनले भने । स्रोतका अनुसार जबराले आफ्ना समकक्षीका साथै भारतीय रक्षामन्त्री र रक्षा मन्त्रालयका उच्चपदस्थ अधिकारीसँगसमेत भेटघाट गर्नेछन् । विस्तृत शान्ति सम्झौताका कारण भारतले दिँदै आएको सैनिक सहयोग लामो समयदेखि रोकिएको थियो । सरकारले सहयोग ल्याउने बाटो खोलिसकेको छ । तर, भारतबाट सैन्य सहयोग भने आइसकेको छैन । भ्रमणका क्रममा सैन्य सहयोगबारे पनि कुरा हुने एक उच्चपदस्थ सैनिक अधिकृतले जानकारी दिए । सरकारले आगामी संविधानसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्ने निर्ण्र्ाागरेलगत्तै हुन लागेको जबराको भ्रमणलाई अर्थपर्ूण्ा रूपमा हेरिएको हो । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र जबराबीच गत सोमबार सेना परिचालनबारे गम्भीर छलफल भएको थियो । सोही दिन साँझ नवनियुक्त भारतीय राजदूत रन्जित रे र जबराबीच पनि सैनिक मुख्यालय जंगीअड्डामा छलफल भएको थियो । स्रोतका अनुसार त्यसअघि नै सरकार सेना परिचालनको मनस्थितिमा पुगेको र जबराको भारत भ्रमणको योजना बनेको थियो । प्रधानसेनापति बनेपछि जबराको यो तेस्रो भारत भ्रमण हो । २०६९ भदौ २५ मा प्रधानसेनापति बनेका जबरा सोही वर्षमंसिर १० गते पारिवारिक भेटघाटका लागि भन्दै तीन दिने भ्रमणमा गएका थिए । प्रधानसेनापतिका छोरीज्वाइँ कलिकेश नारायणसिंह देव भारतको उडिसाबाट निर्वाचित लोकसभा सदस्य हुन् । जबराको ससुराली र मावली पनि भारतमै छन् । प्रधानसेनापति जबराले औपचारिक रूपमा गत पुसमा आठ दिन लामो भारत भ्रमण गरेका थिए । नेपाल र भारतका प्रधानसेनापतिलाई एकअर्को मुलुकको मानार्थसेनापतिको उपाधि दिने प्रचलनअनुरूप त्यसबेला भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राणालाई भारतीय सेनाको मानार्थसेनापतिको उपाधि दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु