सुरुङ मार्गनिर्माण कात्तिक २५देखि
काठमाडौँ । नेपाल पूवाधार विकास कम्पनीले काठमाडौँ-हेटौंडा सुरुङ मार्गको भौतिक निर्माण कार्य आगामी कात्तिक २५ गते सुरु गर्ने जनाएको छ । कम्पनीको पहिलो साधारणसभाले आवश्यक पर्ूवतयारी सम्पन्न गरी उक्त मितिमा काम सुरुवात गर्ने निचोड निकालेको पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । त्यो अवधिभित्र ठेक्कापट्टा र डिजाइनिङ्गको सम्पर्ूण्ा कार्य सक्ने कम्पनीका अध्यक्ष कुशकुमार जोशीले बताए । यस कम्पनीमा सरकारी निकायको लगानी रहे पनि र्सार्वजनिक खरिद कानुन लागू नुहुने अध्यक्ष जोशीले स्पष्ट गरे । ‘सरकारी निकायहरूको लगानी रहे पनि हाम्रो खरिद प्रक्रिया कम्पनी ऐनअनुसारको कार्यविधिबाट हुन्छ’, उनको भनाइ थियो । कम्पनीमा मकवानपुर जिविस र हेटौँडा नगरपालिकाले एक-एक करोड रूपैयाँ लगानी गर्ने निर्ण्र्ाागरेको अध्यक्ष जोशीले बताए । त्यस्तै, मार्गको आसपास रहेका गाविसहरूले पनि लगानी गर्ने उनले जानकारी दिए । खरिद प्रक्रिया प्रतिस्पर्धात्मक र पारदर्शी हुने तर छिटो टुंगिने गरी गरिने उनको भनाइ थियो । कम्पनीले निर्माण कार्य थाल्ने मिति पटकपटक सार्दै आएको छ । यसअघि दुइ पटक मिति सारिसकेको सर्न्दर्भमा अध्यक्ष जोशीले भने, ‘पटक पटक काम सुरु गर्र्छौं भने पनि विविध कारणले गर्न सकेका छैनौँ, पछिल्लो मिति भने साधारणसभामा व्यापक छलफलपछि तय भएको हुनाले कार्यान्वयन हुनेछ ।’ यसैगरी कम्पनीको लागि सबैभन्दा ठूलो चुनौती पुँजीको जोहो भएको जोशीको भनाइ थियो । अहिलेसम्म २८ वटा बैंकहरूले लगानीका लागि आशय पत्र दिएको दाबी उनले थियो । साथै पाँचवटा रेमिट्यान्स कम्पनीबाट अर्बौं रूपैयाँको लगानी प्रतिबद्धता व्यक्त भई पैसा आउने क्रममा रहेको र पाँच अर्बको लगानी प्रतिवद्धता आइसकेको दाबी गर्दै मुख्य चुनौतीलाई त्यसले सहज पारिदिएको जोशीको भनाइ थियो । साधारणसभाले कम्पनीको अधिकृत पुँजी एक अर्ब रूपैयाँबाट १८ अर्ब पुर्याउने निर्ण्र गरेको छ । कूल ३५ अर्बको परियोजनामा १० अर्ब संस्थापक सेयर, ७ अर्ब साधारण सेयर र बाँकी बैंक ऋण उठाउने योजना रहेको कम्पनीले जनाएको छ । साधारणसभामा पेश गरिएको वाषिर्क प्रतिवेदनअनुसार, कम्पनीको चुक्ता पुँजी ४ करोड ५ लाख रूपैयाँ रहेको छ । गत आर्थिक वर्षा कम्पनीले ५५ लाख प्रशासनिक खर्च गरेको जनाएको छ ।
यसअघि भनिंदै आएको एक व्यक्ति अधिकतम लगानी सीमा दश लाखलाई पूरै खुला गरिएको जोशीले बताए । ‘हामीलाई ३५ अर्ब जुटाउनु छ, त्यसैले अधिकतम दश लाख भन्ने होइन, साना लगानीकर्तालाई सम्मान दिन मात्र त्यस्तो सोच बनाइएको हो’, जोशीले भने, ‘एक करोड, पाँच करोड, दश करोड जति पनि लगानी गर्न खुला छ । ‘साधारणसभाले तदर्थ समितिलाई र्सवसम्मत निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष लालकृष्ण जोशी र सञ्चालकहरू प्रदीपजंग पाण्डे, सुकुन्तलाल हिराचन, जयराम लामिछाने, सुवासचन्द ठकुरी, मोहन बस्नेत, सिद्धिलाल श्रेष्ठ, राजुमान महर्जन र नुगल अनन्त वैद्य छन् । कालिका कन्स्ट्रक्सनका बिक्रम पाण्डेले राजीनामा दिएपछि वैद्य नयाँ सञ्चालक भएको हुन् । आफूहरूले प्रस्ताव गरेको मोडलबाट परियोजना सफल हुने विश्वास नभएको भन्दै पाण्डे बाहिरिनु भएको अध्यक्ष जोशीले बताए । साधारणसभामा सेयरधनीले मुख्यतः आर्थिक अनुशासनको विषयमा जिज्ञाशा राखेको र त्यसमा आफूहरूले चित्त बुझाउन सफल भएको जोशीको भनाइ थियो । अध्यक्ष जोशीले बुट मोडलमा निर्माण गर्नलागि यो परियोजना नेपालमा हालसम्मकै नयाँ मोडेल भएको हुनाले अत्यन्तै चुनौती र जटिलता रहेको बताए । यदि परियोजना बीचमा असफल भएमा लगानीकर्ताको अवस्था के हुन्छ भन्ने प्रश्नमा अध्यक्ष जोशीले भने, र्’र्सवसाधारण जनताको लगानीमा निर्माण हुन लागेको यत्रो ठूलो प्रोजेक्टमा सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ समस्या परेमा सरकारले टेक ओभर गर्नुपर्ने उसको दायित्व हो ।’ यद्यपि कानुनी रूपमा कम्पनी अघि बढ्न नसकेमा सरकारले हस्तक्षेप गर्न प्रावधान सम्झौतमा नराखिएको जोशीको भनाइ थियो । सरकारले यस प्रोजेक्टमा करहरू छुट दिएको हुनाले लगानी प्रतिफलको सम्भावना बढी रहेको जोशीको तर्क थियो । ‘अरु कम्पनीले २५ प्रतिशत आयकर तिर्नुपर्नेमा हामीले १२.५ प्रतिशत तिरे हुन्छ, निर्माण सामग्री र मेसिनरीको आयतमा पनि ड्युटी प्रिm छ’, उनको भनाइ थियो, ‘त्यसैले प्रतिफलको सम्भावना अधिक छ ।’ परियोजना सफल भए प्रतिफल आउने तर असफल भए लगानी डुब्ने जोखिम सेयर लगानी गर्नेले नै व्यहोर्नुपर्ने जोशीको भनाइ थियो । ‘हामीले एकै पटक सबै रकम उठाउँदैनौं, विदेशमा काम गर्न नेपालीलाई सम्पूण्कमाइ यसमा लगाउनुस् भनेका पनि छैनौं’, ‘फजुल खर्च नियन्त्रण गरेर देशको विकासमा योगदान गर्नुस् भनेका हौं ।’ जोशीको भनाइ थियो लगानी गर्न आकषिर्त भएका व्यक्तिहरू दुइ प्रकारका रहेका उनले उल्लेख गरे । ‘एकथरीले देशको निम्ति गर्नखोजेको रहेछ, डुबे डुबोस् भनेर लगानी गर्नखोजेका छन्’, उनको भनाइ थियो ।’