प्रधानसेनापति भारत जादै
काठमाण्डौ,१३ असोज । प्रधानसेनापति गौरवशमशेर राणा भारतीय स्थलसेनाध्यक्ष जनरल विक्रम सिंहको औपचारिक निमन्त्रणामा साताव्यापी भ्रमणमा त्यसतर्फजाने भएका छन् । भारतको पिथौरागढमा नेपाली सेना र भारतीय सेना सम्मिलित एकीकृत अभ्यासको निरीक्षणका लागि प्रधानसेनापति राणा त्यसतर्फजान लागेका हुन् । सो अभ्यासले नेपाली सेना र भारतीय सेनाबीच सहकार्य दुवै सेनाका आफ्ना अनुभव आदानप्रदान तथा सैनिक सहयोग एवं तालिमको क्षेत्रलाई अझ विस्तार गर्दै द्विपक्षीय सम्बन्धलाई थप बलियो तुल्याउन मद्दत पुग्ने विश्वास गरिएको छ । प्रधानसेनापति राणाले नेपाली सेनाको नेतृत्व सम्हालेपछि गर्न लागेको यो भारतको दोस्रो औपचारिक भ्रमण हो । भ्रमणका क्रममा प्रधानसेनापति राणा प्रारम्भिक शिक्षा हासिल गरेको द लरेन्स स्कुल, सनवारको १६६ औँ र्स्थापना दिवसका कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिए । प्रधानसेनापतिका साथ भ्रमण दलमा सैनिक विनय महानिर्देशक उपरथी भिक्टरशमशेर जबरा, सहायकरथी सुरेश शर्मा, महासेनानी प्रेमध्वज अधिकारी र सहसेनानी आयुष राणा पनि सहभागि रहनेछन् ।