सर्वसाधारणसँग अख्तियार

काठमाडौं, असोज १७ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्क गर्ने भएका छन् ।आयोगका प्रमुख लोकमान सिंह कार्कीले सर्वसाधारणसंग प्रमुख आयुक्त भन्ने कार्यक्रम सुरु गर्न लागेका छन् । यो कार्यक्रममा सर्वसाधारणले अख्तियारका प्रमुख आयुक्त कार्कीसंग प्रत्यक्ष भेटेर आफ्ना गुनासा र उजुरी राख्न सक्नेछन् ।अख्तियारले सर्वसाधारणले प्रमुख आयुक्तसंग भेटेर राख्न नपाएका गुनासा तथा उजुरीहरु सामाजिक सञ्जाल, ईमेल तथा फोनबाट प्राप्त भैरहेकोले अब प्रमुख आयुक्तसंग प्रत्यक्ष भेट्ने कार्यक्रम सुरु गरिएको जनाएको छ ।
अख्तियारले पहिलो भेटघाटको लागि कात्तिक ४ गते बिहान ११ बजेदेखि दिउसो ३ बजेको समय तोकेको छ । यो समयमा अख्तियार प्रमुख कार्कीलाई भेटि आफ्ना गुनासा र उजुरी राख्न अग्रिम नाम दर्ता गराउनुपर्नेछ । यसको लागि ९८५११७०१५१ मा फोन गरेर नाम दर्ता गर्न सकिने अख्तियारले जनाएको छ ।