आज विश्व पशुपंक्षी दिवस

२०७० आश्विन १८ गते, शुक्रबार

काठमाडौं, १८ असोज – ‘पशुपंक्षीप्रति गरिने सद्व्यवहार, सभ्य नागरिकको आधार’ भन्ने नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व पशुपंक्षी दिवस मनाईंदैछ ।पशुपंक्षीप्रति गरिने व्यवहार मर्यादित बनाउने र निर्दयीता नदेखाउन प्रेरित गर्ने उद्देश्यले सन् १९३१ देखि हरेक वर्ष अक्टोबर ४ तारिखमा पशुपंक्षी दिवस मनाउने गरिएको छ ।घरपालुवा पशुपंक्षीहरुलाई समेत पालनपोषण गर्दा, ढुवानी गर्दा र बध गर्दा अमर्यादित व्यवहार देखाउने गरेकाले त्यस्तो अवस्था अन्त्यका लागि सचेत गराउन दिवस मनाउने गरिएको पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत लोकनाथ पौडेलले बताए ।मासुका लागि राँगा भैंसीलाई नाकमा छेडेर जर्बजस्ती तान्ने, ट्रकमा कोचेर तथा कुखुरालाई उँधोमुन्टो झुण्ड्याएर साईकलमा बाँधेर ढुवानी गर्ने, खसी बोकालाई घिसार्दै लैजाने, लैनु गाईभैसीका बाच्छाबाच्छी वा पाडापाडीलाई दूध खान नदिने, चाहिने जति दानापानी नदिने, व्यवस्थित गोठ नबनाउने जस्ता काम पशु अधिकारका विरुद्ध हुन् ।
मासुका लागि पालिने पशुपंक्षीलाई सकेसम्म कम पिडा दिएर बध गर्ने, घरपालुवा जनावरलाई दुव्र्यवहार नगरेर पशुअधिकार प्रतिको जिम्मेवारी निर्वाह गर्न पशुसेवा विभागले आग्रह गरेको छ ।पशु स्वास्थ्य तथा पशु सेवा ऐन, पशु वधशाला ऐन, तथा ढुवानी र बधशाला सम्बन्धि मापदण्डले पशु अधिकारको वकालत गरेका छन् । तर तिनको प्रभावकारी कार्यान्वयन हुन सकेको देखिंदैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु