इपीएसको परीक्षा आजबाट

२०७० आश्विन २० गते, आईतवार

काठमाडौं, २० असोज । रोजगारीमा दक्षिण कोरिया जानका लागि लिइने रोजगार अनुमति प्रणाली -इपिएस) परीक्षा आजवाट सुरु हुँदैछ । परीक्षाका लागि राजधानीमा १७ वटा परीक्षा केन्द्र तय भइसकेको जानकारी बैदेशिक रोजगार विभाग -इपिएस) कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले दिए । उनका अनुसार, एउटा केन्द्रमा हरेक सिफ्टमा बढीमा एक हजार र कम्तीमा चार सयजना परीक्षार्थी सहभागी हुनेछन् । यसअघि, सन् २०११ को भाषा परीक्षामा २० वटा परीक्षा केन्द्र तोकिएको थियो । इपिएस परीक्षाका लागि भदौ ५ देखि ८ सम्म खुला गरिएको फारम ४७ हजार ९२६ जनाले भरेका थिए जसमध्ये ४७ हजार ६९० जना परीक्षार्थी परीक्षामा सहभागी हुने जानकारी निर्देशक बास्तोलाले दिए । फारम भर्ने बेलामा भएका सामान्य त्रुटि परीक्षा अवधिमा समेत सच्याउन मिल्ने जानकारी दिँदै बास्तोलाले परीक्षामा अनिवार्यरूपले नेपाली नागरिकताको प्रमाण पत्र वा राहदानीको सक्कलप्रति ल्याउनु पर्ने बताए । परीक्षाको सम्पर्ूण्ा ब्यवस्थापन कोरिया पक्षले नै गर्ने जानकारी दिँदै निर्देशक बास्तोलाले परीक्षाको ब्यवस्थापनका लागि एक सय जनाको कोरियन टोली नेपाल आउने बताए । उनका अनुसार परीक्षा प्रत्येक दिन दर्ुइ सिफ्टका दरले दर्ुइ दिन गरेर चार सिफ्टमा हुने, हरेक सिफ्टको प्रश्नपत्र फरक हुने र परीक्षाफल कात्तिक ४ गते प्रकाशित हुनेछ । पहिलो दिन प्रथम सिफ्ट बिहान नौ बजेदेखि शुरु हुने जानकारी दिँदै बास्तोलाले भने, ‘शुरुमा एक घण्टा प्रस्तुती -ओरिन्टेशन) र त्यसपछि ७० मिनेटको लिखित परीक्षा हुनेछ ।’ ‘परीक्षामा दुइ सय पूर्ण्ाङ्कको ५० वटा प्रश्न र परीक्षाको समय दर्ुइ घण्टाको हुनेछ’ बास्तोलाले जानकारी दिए, ‘अडियो सुनेर लेखिने एक सय पूर्ण्ााङ्कको २५ वटा प्रश्न र समय ३० मिनेट हुनेछ ।’ सबै प्रश्न बस्तुपरक हुने बताउँदै उनले एक सय पूर्ण्ाङ्कको २५ वटा रिडिङ्ग प्रश्न हुने र परीक्षाको समय ४० मिनेट हुने जानकारी दिए । त्यसै दिन डेढ बजेदेखि शुरु हुने दोस्रो सिफ्टको परीक्षामा पनि शुरुमा एक घण्टा प्रस्तुती -ओरिन्टेशन) र त्यसपछि ७० मिनेटको लिखित परीक्षा हुनेछ ।’ उनका अनुसार, दोस्रो दिनको परीक्षा पहिलो दिनकै तालिकाबमोजिम सञ्चालन हुनेछ । बैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले इपिएस परीक्षाका लागि आहृवान गरेको आवेदन फारम भर्नेको संख्या सन् २०११ को तुलनामा झण्डै दश हजारले घटेको जनाएको छ । यो परीक्षा उत्तर्ीण्ा भएपछि स्वतः कोरिया जान पाइन्छ भन्ने भ्रम हटेका कारण यस पटक आवेदक संख्या घटेको सो शाखाले जनाएको छ । इपिएस शाखाका अनुसार, सन् २०११ मा सो फारम ५७ हजार पाँच सय जनाले भरेका थिए । जसमध्ये १५ हजार ९१२ जना उत्तीण् भएका थिए । सन् २०११ मा भाषा परीक्षामा उत्तर्ीण्ा १५ हजारभन्दा बढी युवामध्ये ६ हजार पाँचसय जना अहिलेसम्म कोरिया जान पाएका छैनन् । बास्तोलाका अनुसार, यस वर्ष कोरियाले नेपालका लागि आठ हजार दुइ सय कोटा छुट्याएको छ, जसमध्ये कृष ितथा पशुपालनमा तीन हजार ६ सयजना र उत्पादनमूलक क्षेत्रमा चार हजार ६ सय युवाले रोजगारीको अवसर पाउने छन् । भाषा परीक्षामा १८ वर्षदेखि ३९ वर्षसम्मकाले मात्र भाग लिन पाउनेछन् । परीक्षामा सहभागीमध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने आठ हजार दर्ुइ सय जनालाई शाखाले कोरियामा रोजगारीका लागि सिफारिस गर्नेछ । नेपालीहरूलाई सुरक्षित बैदेशिक रोजगारीमा पठाउने उद्देश्यसहित सन् २००७ मा नेपाल र कोरियाबीच रोजगार अनुमति प्रणाली -इपिएस) सम्झौता भएको थियो । सन् २००८ देखि इपीएस परीक्षा लिएर नेपालले नेपाली युवालाई कोरिया पठाउन थालेको हो । निर्देशक बास्तोलाका अनुसार, नेपाल र कोरियाबीच सो सम्झ।ैता भएदेखि नेपालले १७ हजार युवालाई रोजगारीका लागि कोरिया पठाइसकेको छ । यसअघि, सन् २००८ र २०१० मा सो परीक्षामार्फ् नेपालीलाई कोरिया पठाइएको हो । त्यतिखेर परीक्षा उत्तीण् गरेका धेरै युवा प्राविधिक कारणले कोरिया जान नपाएका बताइन्छ । दक्षिण कोरियामा कार्यरत नेपाली कामदारको न्यूनतम पारिश्रमिक अहिले एक हजार अमेरिकी डलरभन्दा बढी छ । ‘इपिएस परीक्षा उत्तर्ीण्ा गर्नु भनेको रोजगारको आवेदन र रोस्टरका लागि योग्य हुनु हो तर रोजगारका लागि कोरिया जाने सुनिश्चितता होइन’ बास्तोलाले प्रस्ट्याए । बास्तोलाका अनुसार परीक्षा उत्तीण् गर्नेको नाम रोष्टरमा सूचीकृत हुन्छ । त्यसपछि जब कोरिया सरकारले नेपाल सरकारसँग कामको प्रकृति खुलाई कामदार माग गर्छ माग अनुसारको जनशक्ति रोष्टरमा सूचीकृत छ भने उनीहरूलाई फारम भर्न लगाई प्रक्रिया पूरा गरेर पठाउने गरिन्छ । बास्तोलाले कोरिया सरकारले माग नगरेसम्म नेपाल सरकारले कामदार पठाउन नमिल्ने स्पस्ट पारे । निर्देशक बास्तोलाका अनुसार, परीक्षा लिने कार्यदेखि रोस्टरमा नाम सूचीकृत गर्नेसम्मको काम कोरियन टोलीले नै गर्छ यसमा नेपाली पक्षको कुनै संलग्नता हुँदैन । कोरियाले नेपाल लगायत १५ मुलुकसँग इपीएस सम्झौता गरेको बताउँदै बास्तोलाले संसारभर नै सो परीक्षाको म्याद दर्ुइ वर्षहुने गरेको जानकारी दिए । यस अघि सन् २०११ मा इपीएस उत्तीण् गरेका युवाको रोजगारीमा जान पाउने म्याद सन् २०१३ को अन्तिमसम्म छ भने यस बर्षो परीक्षामा उत्तीण्हरूको सन् २०१६ अन्तिमसम्म हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु