मृगौलारोगी पत्रकारको उपचारका लागि अभियान सुरु

२०७० आश्विन २१ गते, सोमबार


काठमाडौ, २१ असोज – दुवै मृर्गौला काम नलाग्ने भएका सञ्चारकर्मी बिके पाल्पालीको उपाचारमा सहयोग पुर्‍याउन नेपाल पत्रकार महासंघले हरेक सदस्यलाई १ सय रुपैयाँ सहयोग गर्न आग्रह गरेको छ ।‘बिके पाल्पाली बचाउ अभियान’ सञ्चालन गरेर महासंघले आफ्ना ८ हजार सदस्य तथा आमसञ्चारकर्मीलाई जनही १ सय रुपैयाँ सहयोग गर्न आग्रह गरेको हो । अभियानको सुरुवात गर्दै सोमबार नेपाल पत्रकार महसांघका केन्द्रिय पदाधिकारीले जनही ५ सय रुपैयाँका दरले सहयोग गरेका छन् ।महासंघले सहयोगका लागि विजयकी श्रीमती रेणुका भट्टराईको नाममा रहेको कुमारी बैंक लि. को k–४७१५९–s वा किष्ट बैंक लि. को ०२०–२१७४१० नम्बरका खातामा सहयोग उपलब्ध गराउन अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु