लोडसेडिङ घटाउन सौर्य बत्ती

२०७० आश्विन २२ गते, मंगलवार


काठमाडौ, २२ असोज । सरकारले सहरी क्षेत्रमा सौर्य बत्तीमा अनुदान दिने तयारी गरेको छ । प्राधिकरणको लाइनबाट इनभर्टर चार्ज गरी बत्ती बालेकाहरुलाई लक्षित गरी सरकारले सौर्य उर्जा जडानमा लाग्ने कुल लागतको ४० प्रतिशत अनुदान दिने तयारी गरेको हो ।
यसका लागि विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयअन्तर्गतको बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले ‘सहरी क्षेत्रमा सौर्य उर्जा प्रणाली जडान सम्बन्धी कार्यबिधी, २०७०’ को मस्यौदा तयार गरेको छ । मस्यौदा अध्ययन गरी थप राय सुझाव समेटेर निकट भविष्यमा पारित गर्ने गरी सरकारले मन्त्रालयका सहसचिव गोकर्ण दवाडीको संयोजकत्वमा उर्जा मन्त्रालय, स्थानीय विकास मन्त्रालय र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका प्रतिनिधि सम्मिलित समिति बनाएको अन्नपूर्ण पोस्टमा खबर छ ।प्राधिकरणको भार कम गर्ने गरी ग्रिडबाट इनभर्टर चार्ज नगरुन भन्नका लागि यो कार्यक्रम यसै वर्षदेखि लागू गर्न लागिएको केन्द्रका कार्यकारी निर्देशक गोविन्दराज पोख्रेलले बताए ।यसैबीच विद्युत प्राधिकरणले दसैँभर लोडसेडिङ दैनिक साढे तीन घन्टा मात्र गर्ने भएको छ । हाल दैनिक साढे पाँच घन्टा लोडसेडिङ छ । दसै अवधिभर ८० प्रतिशत कलकारखानाबन्द हुने भएकाले लोडसेडिङ कम हुने निर्देशक क्षेत्रीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु