आज बिजयी दशमी
काठमाडौँ, २८ असोज । आज बिजयी दशमी अर्थात आफ्ना मान्यजनबाट टीका ग्रहण गर्ने दिन ।आज टिकाको साइत ९ बजेर ५७ मिनेटमा उत्तम रहेको भए पनि आजका दिन मान्यजनबाट आशिर्वचनका साथै देवीको प्रसाद ग्रहण गर्ने भएकाले टीका जुनसुकै बेला पनि लगाउन सकिने र शुभसाइत पर्खनु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरिन्छ ।
आज बिहान ९ बजेर २५ मिनेटमा आ–आफ्ना घरमा विधिपूर्वक राखिएका जमरा विसर्जन गरेपश्चात पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ । घटस्थापनाका दिन पूजाकोठामा राखिएको जमरा दशमीका दिन विसर्जन गरेपछि पूर्णिमाका दिनसम्म दसैँको टीका लगाउने प्रचलन छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अन्य पूmलको सट्टा घटस्थापनाको दिन पूजा कोठामा राखिएको समृद्धिको प्रतिक पहँलो जमरा नै प्रयोग गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका बिजय दशमीलाइ लिइन्छ । आजका दिन परिवारमा आफूभन्दा ठुलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यस, ऐश्वर्य, वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गर्छन् ।