आज पनि टिका र जमरा लगाउने क्रम जारी

२०७० आश्विन २९ गते, मंगलवार

आज पनि टिका र जमरा लगाउने क्रम जारी
काठमाडौं ,२९ असोज । आज विजयादशमीको दोश्रो दिन ।आज पनि आफन्त र मान्यजनका हातबाट टिका र जमरा ग्रहण गर्ने क्रम जारी छ ।टिका र जमरासहित आर्शिवाद थाप्ने क्रम पूर्णिमासम्म जारी रहने गर्दछ । पश्चिम नेपालका केही जिल्लामा बिजयादशमीको दिन मात्र टिका लगाउने प्रचलन रहे पनि अरु ठाउमा पूर्णिमासम्म टिका लगाईने गरिन्छ । टिका लगाउन जानेको क्रम बढेपछि मुलुकका मुख्य शहरमा चहलपहल केहि बढेको छ । हिजो दिउंसोसम्म सुनसान जस्तै रहेको राजधानीमा पनि चहलपहल बढेको छ । बडादशैको मुख्य दिन हिजो अधिकांशले आफ्ना मान्यजनबाट टीका र जमरा लगाएर आर्शिवाद लिएका छन । कोजाग्रत पुर्णिमामा जमरा बिसर्जनसंगै दशै सकिन्छ ।काठमाडौं ,२९ असोज । विजयादशमी मनाउने क्रममा आज पनि आफन्त र मान्यजनका हातबाट टिका र जमरा ग्रहण गर्ने क्रम जारी छ ।टिका र जमरासहित आर्शिवाद थाप्ने क्रम पूर्णिमासम्म जारी रहने गर्दछ । पश्चिम नेपालका केही जिल्लामा बिजयादशमीको दिन मात्र टिका लगाउने प्रचलन रहे पनि अरु ठाउमा पूर्णिमासम्म टिका लगाईने गरिन्छ । टिका लगाउन जानेको क्रम बढेपछि मुलुकका मुख्य शहरमा चहलपहल केहि बढेको छ । हिजो दिउंसोसम्म सुनसान जस्तै रहेको राजधानीमा पनि चहलपहल बढेको छ । बडादशैको मुख्य दिन हिजो अधिकांशले आफ्ना मान्यजनबाट टीका र जमरा लगाएर आर्शिवाद लिएका छन । कोजाग्रत पुर्णिमामा जमरा बिसर्जनसंगै दशै सकिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु