राष्ट्रिय महिला फुटबल आजदेखि

२०७० कार्तिक ३ गते, आईतवार

काठमाडौं, ३ कात्तिक – पन्ध्रौँ राष्ट्रिय महिला फुटबल प्रतियोगितामाआजदेखि नवलपारसी र हेटौंडामा सुरु हुँदै छ ।प्रतियोगितामा तीन विभागीय टिमसहित विभिन्न जिल्लाका २८ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेल मकवानपुरको हेटाँैडा र नवलपरासीको बर्दघाटको खेल मैदानमा खेलाइने छ ।नकआउटका आधारमा खेलाइने सो प्रतियोगिताका सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा दोलखा, बाँके, धनकुटा, धनुषा, काठमाडौँ, कञ्चनपुर, झापा, रौतहट, नवलपरासी, चितवन, सप्तरी, सुनसरी, मकवानपुर, सुर्खेत, उदयपुर, कास्की, सर्लाही, ताप्लेजुङ, कैलाली, बर्दिया, मोरङ, बारा र पाँचथर रहेका छन् ।
यस्तै, रुपन्देही, इलाम र विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल (एपिएफ) र नेपाल प्रहरी क्लबका महिला फुटबल टिमले प्रतिष्पर्धा गर्नेछन् ।प्रतियोगितामा विजेता टिमले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँ पाउनेछ । यसैगरी सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट घोषित हुने एक खेलाडीले एक थान स्कुटर प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने प्रशिक्षक, गोल किपर, डिफेन्स, मिडफिल्डर र फरवार्डले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि ३८ लाख रुपैयाँ खर्च लाग्ने एन्फाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु