कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

२०७० कार्तिक ४ गते, सोमबार

काठमाडौं , ४ कात्ति,। रोगजार अनुमति प्रणाली इपीएस अन्तरगत दक्षिण कोरिया जान लिइएको भाषा परीक्षाको नतिजा आज दिउसो सार्वजनिक भएको छ ।
भाषा परीक्षामा ४ सय ४७ महिलासहित ८ हजार ७ सय २२ जना उत्तीर्ण भएका छन् । उत्पादनमुलक कामतर्फ ४ हजार ९ सय ६० र कृषितर्फ ३ हजार ७ सय ६२ उत्तीर्ण भएका हुन् । असोज २० र २१ गते भएको परीक्षामा ४३ हजार ७ सय २ जनाले कोरियन भाषा परीक्षा दिएका थिए ।
परीक्षामा उच्च अंक ल्याएकाहरुलाई फेरि क्षमता परीक्षण गरिने र त्यसमा धेरै अंक ल्याउनेलाई प्राथमिकताका साथ कोरियाको रोजगारदाता कम्पनीमा सिफारिस गरिनेछ ।
परीषाको नजिता केहिबेरमा www.epsnepal.gov.np र www.dofe.gov.np मा हेर्न सकिनेछ ।
– See more at: http://www.onlinekhabar.com/2013/10/129451/#sthash.WPsVPuhD.dpuf

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु