झोलुङ्गे पुल निर्माणमा नौलो प्रविधिको प्रयोग

कञ्चनपुर, ५ कात्तिक । कञ्चनपुरको शङ्करपुरको दोदा नदी र रैकवार विचवाको मोहना नदीमा नौलो प्रविधिको प्रयोग गरी निर्माण कार्य सुरु गरिएको छ । जिल्ला विकास समिति कञ्चनपुरको झोलुङ्गे पुल शाखाका अनुसार रैकवारको मोहना नदीको पदनीया घाटमा रु ७० लाखको लागतमा ११५ मिटर लम्बाइ र १२० सेन्टिमिटर चौडाइको झोलुङ्गे पुल निर्माण कार्य सुरु गरिएको हो ।
पुल निर्माणको ७० प्रतिशत कार्य सम्पन्न भएको झोलुङ्गे पुल शाखाका सब–इन्जिनियर सन्तोष भण्डारीले बताए ।यसैगरी, शङ्करपुरको दोदा नदीमा रु एक करोड १६ लाखको लागतमा १६०.६ मिटर लम्बाइ भएको झोलुङ्गे पुल निर्माणका लागि सम्झौता गरिएको छ । पुलको फेब्रिकेसनको कार्य सुरु गरिएको छ । पुल निर्माणको कार्य अगाडि बढाइएकोे झोलुङ्गे पुल शाखाका सब–इन्जिनियर भण्डारीले बताए । दुवै पुल निर्माणमा विश्व बैंकको ४० प्रतिशत अनुदान रहेको छ । दुवै पुल चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने सम्झौता गरिएको छ ।निर्माण भइरहेका पुलमा फरक प्रविधिको प्रयोग गरिएको सब–इन्जिनियर भण्डारीले बताए , “यसअघि निर्माण गरिएका झोपुहरु पैदल यात्रुहरुका लागि बनाइने गरेका थिए तर अब बन्ने पुलहरुमा मोटरसाइकल र साइकलसमेत चढेर जान सकिने गरी बनाइन लागेको छ ।”