नेपाली साहित्य सम्मेलन आजदेखि

२०७० कार्तिक ८ गते, शुक्रबार


काठमाण्डौ,८ कात्तिक । नेपाली साहित्य सम्मेलन आजदेखि सुरु हुदैछ।विश्व नेपाली साहित्य महासङ्घले ‘विश्व नेपाली साहित्य सम्मेलन’का अवसरमा भारतका वरिष्ठ साहित्यकार डा राजेन्द्र भण्डारीलाई ‘विश्व नेपाली साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ । त्यस्तै कवि विमला तुम्खेवालाई ‘विश्व नेपाली साहित्य युवा पुरस्कार’, मैथिलीभाषी साहित्यकार श्यामसुन्दर यादव पथिकलाई ‘विश्व नेपाली साहित्य महासङ्घ भाषाभाषी साहित्य पुरस्कार’ तथा साहित्यकार किशोर पहाडीलाई ‘विश्व नेपाली साहित्य सम्मान’ प्रदान गरिने भएको छ ।ती पुरस्कारका राशि क्रमशः रु ५० हजार र रु २५ हजार तथा १० हजार रहने छन् । सो सम्मेलनका लागि भारतीय साहित्य अकादमी परामर्श समितिका अध्यक्ष -कुलपति) प्रेम प्रधान, सिक्किम विश्वविद्यालय नेपाली विभाग प्रमुख प्रा डा कविता लामा, हिन्दू विश्वविद्यालय, वनारसका भारतीय भाषा विभाग अध्यक्ष प्रा डा दिवाकर प्रधान, म्यानमाका लक्ष्मण नेउपाने, भियतनामका सन्ध्या रेग्मी शिवाकोटी र भुटानका डेन्जोङ साम्पाङलगायत गैरआवासीय नेपाल साहित्यकारको सहभागिता हुने महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले बताए ।सो अवसरमा समसामयिक नेपाली साहित्यबारे छलफल हुनाका साथै महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिने तथा केही कृति विमोचन गरिने बताइएको छ । नेपाली साहित्यको विकास, विस्तार र सम्बर्द्धनका लागि विसं २०६७ असार २९ गते स्थापित महासङ्घको हालसम्म विश्वका १४ मुलुकमा १८ शाखा निर्माण भई सञ्चालनमा छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु