अन्तर्रराट्रय विमानस्थल कालोसूचीमा पर्ने खतरा
काठमाडौँ । विमान कम्पनी र तिनको नियमक निकायले यात्रुको सुरक्षामा पर्याप्त ध्यान नदिएका कारण मुलुकको उडान क्षेत्र युरोपेली युनियनको कालोसूचीमा पर्ने खतरा बढेको छ । नागरिक उड्डयन प्राधिकरण तथा विमान कम्पनीले लापरबाही गरेको भन्दै युरोपियन युनियनले उक्त चेतावनीसहितको पत्र पठाएको छ । युनियनले गत सेप्टेम्बर अन्तिममा चेतावनीसहितको पत्र प्राधिकरणलाई पठाएको बताइएको छ । हवाई सुरक्षामा विश्वास गर्नसक्ने आधार देखेनौँ,’ भन्दै युनियनले प्राधिकरणलाई चेतावनी दिएको हो । युनियनले देश वा कुनै एक कम्पनीलाई निषेध गर्नसक्छ । देशलाई नै कालोसूचीमा राखिए यहाँका सबै कम्पनीले युरोपियन युनियनभित्रका देशमा उडान भर्न पाउने छैनन् । कम्पनी तोकिए उक्त संस्थालाई मात्र निषेध गरिने छ । उक्त खतराबाट र्टार्न अब नेपाली अधिकारीहरुले सुरक्षाको पर्याप्त तयारी रहेको देखाउनुपर्नेछ । प्राधिकरण स्रोतका अनुसार आगामी नोभेम्बरको तेस्रो साता युनियनको ‘हवाई सुरक्षा कमिटी’ बैठकमा प्राधिकरणका महानिर्देशक तथा सबै आन्तरिक विमान कम्पनीका प्रतिनिधिहरुले उनीहरुको शंका मेटाउन सक्नुपर्नेछ ।