आज कुकुर तिहार
काठमाडौं ,१६ कात्तिक । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका त था माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गर्ने गरिन्छ ।आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।