समिलंगी पुरुष सौन्दर्य प्रतियोगिता हुँदै

२०७० कार्तिक १६ गते, शनिबार


काठमाडौं, कात्तिक १६ – नील हिरा समाजको आयोजनामा दक्षिण एसियामै पहिलो पटक नेपालमा समलिंगी पुरुषको सौन्दर्य प्रतियोगिता हुँदैछ ।आज दिउँसो ३ बजे राष्ट्रिय नाचघर जमलमा हुने समलिंगी पुरुषको सौन्दर्य प्रतियोगितामा देशभरका १८ जनाले प्रतिपष्र्धा गर्दैछन् ।तेश्रोलिंगीको सौन्दर्य प्रतियोगिता पिंक प्याजेन्ट हुँदै आएपनि समलिंगी पुरुषको सौन्दर्य प्रतियोगिता यसअघि भएको थिएन । समलिंगी पुरुषलाई समाजमा खुल्ने वातावरण बनाउन प्रतियोगिताले सहयोग गर्ने नील हिरा समाज चण्डोल शाखाका कार्यक्रम संयोजक बासु गुरागाईले जानकारी दिनुभयो ।
प्रतियोगितामा समलिंगी पुरुषहरुको शारीरिक तथा बौद्धिक क्षमताको मुल्यांकन गरिनेछ । प्रतियोगितामा एचआइभी एड्स र यौन रोगबारे पनि जानकारी दिइने नील हिरा समाजले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार