आज लक्ष्मी पूजा
काठमाडौँ ,१७ कार्तिक। नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज लक्ष्मी पूजा गरिदै छ । आज विहान गाईको र सांझ धनधान्यकी देवी लक्ष्मीको पूजा गरी सुख र सम्बृद्धिको कामना गरिन्छ । बत्ति नबालिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताको आधारमा आाराधना गरी भक्तिपुर्वक लक्ष्मीको पूजा गरिन्छ ।देउसी-भैलो लक्ष्मीपूजादेखि भाइटीकासम्म खेलिन्छ । निर्वाचन सुरक्षालाई मजबुत बनाउन काठमाडौं प्रशासनले यस वर्ष साँझ नौ बजेसम्म मात्रै देउसी-भैलो खेल्न दिने भएको छ । विगतमा ११ बजेसम्म खेल्न दिने गरेको थियो । देउसी-भैलोको नाममा आपराधिक घटना हुन सक्ने भएकोले यस वर्ष समयअवधि छोट्याउनुपरेको काठमाडौं प्रशासनले जनाएको छ ।
पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार यस बर्ष भाइटीकाको शुभ साइत बिहान ११ बजेर २७ मिनेटमा रहेको छ । पाँच दिनसम्म मनाइने तिहारको अन्तिम दिन दिदी–बहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाई दिएपछि सकिन्छ ।