आज हरिवोधनी एकादशी
काठमाडौं, २७ कात्तिक । हिन्दू धर्मावलम्बीहरुले आज विष्णुको पूजा आराधना गरी हरिवोधनी एकादशी मनाउँदै छन् ।आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई आज विशेषरुपलेपूजागरी विवाह गरिदिने चलन पनि छ । आजको दिनलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । कात्तिक शुक्लपक्षको हरिवोधिनी एकादशीका दिन व्रत बसेर विष्णुको पूजा गरेमा पापको नाश, पुण्यबृद्धि र मोक्ष प्राप्त हुने धार्मिक बिश्वास रही आएको छ । व्रतालुहरुले आज तरुल, पिँडालु, सखरखण्ड, सातु, पाकेको फर्सी खाने गर्दछन् ।
आज देशभरका विष्णुका मन्दिरमा पूजा गर्नेहरुको विहानैदेखि घुईंचो लागेको छ ।त्यस्तैआज हरिवोधनी एकादशीका अवसरमा चितवनको माडी वघौडा ९ छरछरेमा एकादशी छरछरे मेला सुरु भएको छ । २०३१ सालबाट शिव मन्दिर छरछरेको आयोजनामा वृहत एकादशी मेला लाग्ने गरेको छरछरे शिव मन्दिर व्यवस्थापनका सचिव हेमलाल भट्टराईले जानकारी दिए । मेलाको अवसरमा शिवमन्दिरमा पुजा अर्चना गरी तोरण टाँग्ने लगायतका पुजाविधीहरु समेत सञ्चालन गरिनेछ । मेला भर्नका लागी माडीका ४ वटै गाविसका भत्तजन सहभागी हुने मेला आयोजक समितीले जनाएको छ । यसैबिच हरिवोधनी एकादशीको अबसरमा वैदिक धर्म युवा परिषद नेपाल क्षेत्रीय कार्यसमिति माडीको आयोजनामा एक दिवसीय विशाल संगितमय सत्सगं समारोह हुदैछ । माडीको समग्र धार्मिक तथा एतिहासिक स्थलहरुको संरक्षणको लागि कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष सुदर्शन सुबेदीले जनकारी दिए ।