माओवादीकार्यकर्ता माथि प्रहरी धरपक्कड

२०७० कार्तिक २८ गते, बिहीबार


काठमाडौं, २८ कात्तिक । प्रहरीले गएराति नेकपा–माओवादी सिराहका छजना जिल्ला नेता तथा कार्यकर्ताको घरमा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटेको विशेष टोलीले छापा मारेको हो ।माओवादीका जिल्ला सेक्रेटरी लालपुर–८ का रामनारायण सिंह, जिल्ला सह–इन्चार्ज जमदह– ९ का दीपेश लामा, लालपुर–४ का शम्भु साह र वैद्यनिकट पत्रकार लहान–८ का राजेश रामको घरमा प्रहरीले छापा मारेको हो । छापामारीमा कुनै नेता नभेटिनुका साथै अवैध समान पनि फेला नपरेको प्रहरी स्रोतले जनाएको छ । पत्रकार रामकी श्रीमती पार्वती चौधरीले घरमा अवैध समानहरू नभेटेपछि स.३ प. ५५५५ नम्बरको मोटरसाइकल, ल्यापटप, सुनको सिक्री र केही किताब सुरक्षाकर्मीले लगेको बताए । पत्रकार राम कोसी मासिकका मधेस ब्यूरो प्रमुख हुन् ।यता प्रहरीले नेकपा-माओबादीका राज्य समिति सदस्य तथा झापा जिल्ला युवा बिभागका इन्चार्ज नरेशलाइ पक्राउ गरेको नेकपा -माओबादी मोरंगका इन्चार्ज महाबिरले बताएका छन् ।
यसैगरी , झापामा निर्वाचन विरोधी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले नेकपा माओवादी युवा इन्चार्ज नरेश सञ्जेलसहित ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ । आज विहान जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सदस्य कुमार आचार्य, क्षेत्रीय सेक्रेटरी जीवन राई, ऋषि भट्टराई र गोपाल सिटौला रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु