लायन्सको अन्तर्राष्ट्रिय सम्मेलन मङ्सिर २० देखि

२०७० मंसिर १० गते, सोमबार

काठमाडौं, १० मंसिर । लायन्स क्लब इन्टरनेसनल मल्टिपल डिस्ट्रिक ३२५ को आयोजनामा काठमाडौंमा मङ्सिर २० देखि २३ सम्म क्षेत्रीय मञ्चको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । लायन्सको क्षेत्रमा भारत, दक्षिण एसिया, अफ्रिका तथा मध्यपूर्वका देशहरू संलग्न इसाम आरिया फोरम नाम दिएको सो सम्मेलनमा उक्त क्षेत्र अन्तर्गत पर्ने ६३ मुलुकसहित अन्य आमन्त्रितसमेत गरी १०० भन्दा बढी देशका प्रतिनिधिले भाग लिने छन् ।
सो सम्मेलनमा करिब एक हजार ७०० विदेशी लायन सदस्य तथा ८०० नेपाली लायनको सहभागिता रहने ४१ औं इसाम फोरम आयोजक समितिका सभापति सन्जय खेतानले जानकारी दिएका छन् । देशका ६५ जिल्लामा लायनका १४ हजार सदस्य तथा दुई हजार लियो सदस्य रहेका छन् ।यस सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको बताउँदै सभापति खेतानले यसबाट पर्यटन प्रबद्र्धनमा पनि महत्वपूर्ण योगदान पुग्ने बताए । सो अवसरमा देशका तीन हजार विद्यार्थीलाई सौर्यबत्ती वितरण गरिने योजना रहेको छ ।लायन्सका विभिन्न सामाजिक क्रियाकलापसहित व्यक्तित्व विकासका विषयमा पनि बेग्लाबेग्लै प्रस्तुतिहरू हुनेछ । विश्वका २०९ मुलुकमा लायनसँग आबद्ध १४ लाख सदस्य छन् । यो संस्थाले आँखा अस्पताल, व्यवस्थापन, तालिम तथा शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु