हस्तकला व्यापार मेला सुरु

२०७० मंसिर १२ गते, बुधबार

काठमाडौं, १२ मंसिर । हस्तकला व्यवसायीले हस्तकलाजन्य वस्तुहरुको निकासी बढाउन व्यवसायीको प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गराउने खालको सुविधा दिन माग गरेका छन् । अन्तराष्ट्रिय बजारमा नेपाली हस्तकलाको प्रतिष्पर्धि क्षमता बढाउन व्यवसायीलाई १० प्रतिशत अनुदान र ४ प्रतिशतको सहुलियत दरमा ऋण उपलब्ध गराउन माग गरेका छन् । आजदेखि राजधानीमा सुरु भएको ११औं हस्तकला व्यापार मेला तथा नवौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनीको उद्घाटनमा नेपाल हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्यले १० लाख व्यक्तिलाई रोजगारी प्रदान गरेको हस्तकला व्यवासायको अपेक्षित विकास हुन नसकेको बताए । उनले यस व्यवसायको प्रबद्र्धनका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए ।
हस्तकलाको आन्तरिक बजार विकास र निर्यात प्रबद्र्धनमा सहयोग पु¥याउने एवं नेपाललाई हस्तकलाको सार्कस्तरीय व्यापारिक केन्द्रको रुपमा विकास गराउने उद्देश्यले मेला आयोजना गरिएको हस्तकला महासंघले जनाएको छ । मेलामा पश्मिना, धातुकला, चाँदीका गरगहना, हाते कागजका सामान, तयारी पोसाक लगायतका वस्तु राखिएका छन् । पाँच दिनसम्म चल्ने मेलाको ३ लाखले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा महासंघको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु