सवारी दुर्घटनावाट २ जनाको मृत्यु, ४४ जना घाईते

२०७० मंसिर १४ गते, शुक्रबार


नवलपरासि, १४मंसिर : नवलपरासिमा सवारी दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ४४ जना घाईते भएका छन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भिर छ । बाँकेको नेपालगञ्जबाट मनकामना मन्दिर दर्शनका लागि आउदै गरेको ना ४ ख ६३६८ नम्बरको बस पुर्वपश्चिम राजमार्ग अन्तर्गत तम्सरीया ४ मा आज बिहान ३ बजेतिर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कावासोतिले जनाएको छ । दुर्घटनामा परी नेपालगञ्जका ३ वर्षका बालक मानसु अधिकारी र सोहि ठाउँका १४ वर्षका सागर पुन मगरको ज्यान गएको प्रहरीले जनाएको छ । गम्भिर घाईते ७ जनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज लगिएको र अन्य घाईतेहरुको मध्यविन्दु सामुदायिक अस्पताल डण्डा र कालिगण्डकी अस्पताल कावासोतिमा उपचार भैरहेको छ । बस चालक फरार रहेको र खोजि कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय कावासोतिले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु