बस जुध्दा २३ घाईते

२०७० मंसिर १४ गते, शुक्रबार


भक्तपुर, १४मंसिर – भक्तपुरको सल्लाघारीमा यात्रुबाहक बस एक आपमसमा ठोकिँदा २३ जना घाईते भएका छन् । कमल विनायकबाट काठमाडौं आउँदै गरेको बा ३ ख ६९७ बस र बा २ ख ८३०३ नम्बरको बस ठक्कर खादा २३ जना घाईते भएका हुन । बा ३ ख ६९७ नम्बरको बसका चालकलाई बसले च्यापेको र १५ मिनेटपछि उद्दार गरिएको स्थानीयले बताएका छन् । घाइतेहरुको भक्तपुर अस्पताल र वि एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु