अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै

२०७० मंसिर २० गते, बिहीबार


काठमाडौं, २० मंसिर । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस , नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्वयंसेवाको क्षेत्रमा सक्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आज विभिन्न कार्यक्रम गरी यस दिवस मनाउँदैछन् ।अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको यसपटकको नारा ‘युवा, विश्व र सक्रियता’ भन्ने रहेको छ । यस अवसरमा एक सन्देशमार्फत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रविन्द्ररकुमार शाक्यले स्वयंसेवाको माध्यमबाट विभिन्न वर्ग र समुदायलाई गुणस्तरीय जीवनयापनका लागि सहयोग गर्ने वातावरणको सिर्जना गर्न आग्रह गरेका छन् ।राष्ट्रिय योजना आयोग अन्तर्गत राष्ट्रिय विकास स्वयंसेवक सेवा कार्यक्रममार्फत आथिर्क वर्ष २०५५र ५६ देखि विभिन्न क्षेत्रमा स्वयंसेवक परिचालन हुँदै आएको छ । त्यस्तै नेपालमा सरकार तथा रेडक्रस, स्काउट लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था र व्यत्तिल स्वयंसेवा मार्फत सामाजिक कार्यमा सक्रिय छन् ।यसका साथै संयुक्त राष्ट्रसंघीय स्वयंसेवक कार्यक्रमले पनि नेपालमा स्वयंसेवाको प्रवद्र्धन तथा सामाजिक विकासका लागि काम गरिरहेको छ । राष्ट्रसंघका विभिन्न संस्थानहरुको नेपाल च्याप्टर समेत स्थापना गरी सामाजिक गतिविधिमा सक्रिय छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार