दोलखा भीमसेनलाई पसिना आयो

२०७० मंसिर ३० गते, आईतवार


दोलखा, ३० मंसिर ।दोलखा भिमसेनको शिरमा पसिना आएको छ। भिमसेनलाई अपरान्ह ३ बजेदेखि पसिना आएको हो। दिउँसोको राजपूजा गर्दा गर्दै पसिना आएपछि मन्दिरमा स्थानियहरुको भीड लागेको छ।दोलखा भीमसेनको मूर्तिमा पसिना आए देशमा अनिष्ट हुने जनविश्वास रहेको छ । यसअघि २०५८ सालमा राजपरिवार हत्याकाण्ड हुनुभन्दा एक महिनाअघि, २०६२/६३ सालको जनआन्दोलन भन्दा २६ दिन पहिले र १९९० सालको भूकम्प भन्दा अगाडि पनि भीमसेनको मूर्तिमा पसिना आएको स्थानीय जानकारहरुले बताएका छन् । भीमसेनको मूर्तिमा पसिना आएपछि आजै मन्दिरका पुजारीहरुले क्षमापूजा गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार