धोविखोला सरसफाइ अभियान सुरु

२०७० पुष ८ गते, सोमबार


काठमाडौ, पुस ८ – काठमाडौको धोविखोलामा फोहर फाल्न रोक्न स्थानीय बासिन्दाकै प्रयासमा अभियान सञ्चालनको तयारी गरिएको छ ।कपनको जनयुवा प्रगतिशिल क्लब र ग्लोबल पिस एशोशिएसनको पहलमा कपन, चपली र चुनीखेल गाविसका बासिन्दालाई सहभागी गराई अभियान सञ्चालन गर्न लागिएको हो ।
पहिलो चरणमा नदीलाई प्लाष्टिक मुक्त गराउने र त्यसपछि विस्तारै फोहर फाल्ने काम रोक्ने उद्देश्यले सरसफाइ अभियान शुरु गर्न लागिएको क्लबका अध्यक्ष सत्यनारायण अधिकारीले जानकारी दिए ।शुरुमा गोपिकृष्ण हलबाट नौलिनथान सम्मको ८ सय मिटर क्षेत्रलाई प्लाष्टिक मुक्त बनाइने र पछि खोलामा फोहर फाल्न नै रोक्ने गरी काम शुरु गर्न लागिएको हो ।प्लाष्टिक फाल्ने काम मात्रै रोक्न सके नदीमा पानी नजम्ने र दुर्गन्ध पनि नफैलिने भएकाले स्थानीय बासिन्दालाई जनचेतना फैलाउनु र सरसफाई कार्यक्रममा उनीहरुलाई नै सहभागी गराउनु महत्वपूर्ण हुने भएकाले त्यसैमा जोड दिएको अधिकारीको भनाई छ ।
खोलामा प्लाष्टिक फाल्ने काम रोक्नका लागि त्यसको उचित व्यवस्थापन र वैकल्पिक वस्तुको प्रयोगलाई कसरी बढावा दिन सकिन्छ भन्ने बारेमा पनि छलफल भइरहेको उहाँले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु