रङ्ग पहिचानमा विश्व कीर्तिमान
काठमाडौ, ९ पुस । झापा भद्रपुर–४ का २३ वर्षीय अर्पण शर्माले रङ्गको पहिचानमा विश्व कीर्तिमान कायम गरेका छन् । भद्रपुर नगरपालिकाको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा उनले आफ्नो रङ्ग पहिचानको अद्भूत क्षमता प्रस्तुत गरेका थिए । लामो समयसम्म स्मरण गर्ने क्षमताका कारण उनको यो कीर्तिमानलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’का लागि प्रस्ताव गरिने भएको छ ।मेची बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत शर्माले चार रङ्गलाई ल्यापटपमा दुई सयपटक दुई–दुई सेकेन्डका दरले हेरेकै भरमा आ“खामा पट्टी बा“धेर १६५ पटकसम्म ती रङ्गको सही पहिचान गरेका थिए ।
‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’का लागि भनेरै आयोजित सो कार्यक्रमको पूरै भिडियो रेकर्डिङ गरिएको छ । त्यो रेकर्डलाई गिनिजको केन्द्रीय कार्यालयमा पठाइएपछि त्यसका आधारमा उनलाई विश्व कीर्तिमानको नया“ उपाधि प्राप्त हुने भएको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार कार्यक्रममा उनलाई रातो, सेतो, निलो र कालो गरी चारवटा रङ्ग दुई सयपटक देखाइएको थियो । ती चारवटा रङ्गलाई भिन्नभिन्न तरिकाले ल्यापटपमा दुई÷दुई सेकेन्डको फरकमा हेर्न दिइएको थियो । पछि आ“खामा कालोपट्टी बा“धेर उनले २०० पटकमध्ये १६५ पटक रङ्गको सही पहिचान गरेका थिए ।‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’का लागि सबै प्रमाण पठाउने तयारी भइरहेको शर्माको पारिवारिक स्रोतले जनाएको छ । अहिलेसम्म त्यसरी नहेरी सिंगापुरका सेन्सी सुरज सिंहले रङ्ग पहिचानको रेकर्ड १६० पटकसम्म कायम गरेका छन् ।