आज क्रिसमस दिवस

२०७० पुष १० गते, बुधबार


काठमाडौं,१० पुस । इसाई धर्मावलम्बीले आज क्रिसमस दिवस मनाउँदैछन् । प्रभु यशुको जन्मोत्सवका उपलक्ष्यमा इसाई धर्मावलम्बीले यशुको कन्या -मारियम) को कोखबाट जन्म भएको र मारियमको विवाह यसुफसँग हुन लागेको समयमा स्वर्गदूतले मानव समुदायको कल्याणका लागि संसारमा जन्म लिन लागेको भविष्यवाणी गरेको विश्वास गर्छन् । तत्कालीन समयमा मानिसमा गरिने अन्याय, अत्याचार तथा विभेदबाट उनीहरूलाई मुक्ति दिलाउन यशु आफैँले क्रुसमा चढेको भनाइ छ ।
प्रभु यशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँकै सम्झनामा इस्वी संवत् प्रारम्भ भएको विश्वास गरिएको छ । विशेषगरी दुःखी, गरिब, असहाय र उत्पीडित वर्गलाई सामाजिक रूपमा सशक्त बनाउन मानव समुदायलाई शिक्षा तथा सन्देश दिनुभएका यशुको जीवनको त्याग सम्पूर्ण मानिसका लागि प्रेरणा बन्न सक्ने इसाई धर्मावलम्बी विमला थापाले बताउनुभयो ।
प्रत्येक वर्ष डिसेम्बर २५ मा उहाँको स्मरणमा इसाई धर्मावलम्बीले शुद्ध Åदयदेखि नै उहाँको प्रशंसा तथा प्रार्थना गरी अङ्गुरको जुस (दासरस) पिउने र केक काट्ने परम्परा छ । नेपालमा भने नेपाली इसाई धर्मावलम्बीले यशुको सम्झना गर्दै विभिन्न चर्चमा गई त्यहाँ हुने महोत्सव तथा कार्यक्रममा रमाइलो गर्ने र नेपाली संस्कृतिअनुसार विभिन्न रोटी, पकवान, माछा मासु, पुलाउलगायत खानेकुरा खाने गर्छन् । हाल नेपालमा करिब पाँच लाख इसाई धर्मावलम्बी भएको बताइन्छ ।
सरकारले क्रिसमस डे को अवसरमा आज सार्वजनिक विदाको घोषणा गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार