अन्तर्राष्ट्रिय हात्ती दौड सुरु हुदै
काठमाडौं,११ पुस ।  आजबाट अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता हुने भएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुराउने उद्देश्यले प्रत्येक वर्ष चितवनको सौराहामा सो प्रतियोगिता हुँदै आएको छ । यो अन्तर्राष्ट्रिय हात्ती दौडको दशौं संस्करण हो ।प्रतियोगितामा २० वटा टिमले भाग लिएको क्षेत्रिय होटेल संघ चितवनले जनाएको छ ।  सोही अवसरमा छावाबीच फुटबल प्रतियोगिता, गोरु गाडा दौड, हात्ती सौन्दर्य प्रतियोगिता लगाएत हुने छन ।

 
                 
                             
                             
                         
                         
                        