अब निःशुल्क पार्किङ

२०७० पुष १२ गते, शुक्रबार


काठमाडौ, १२पुस – काठमाडौं महानगरपालिकाले पुस १ देखि कार्यान्वयन गर्ने भनिएको निःशुल्क पार्किङविरुद्ध परेको रिटलाई पुनरावेदन अदालत पाटनले खारेज गरेपछि आजवाट कार्यान्वयनमा आउने भएको छ ।को छ ।पुनरावेदन अदालत पाटनका न्यायाधीशद्वय शिवराज अधिकारी र हरिप्रसाद बगालेको इजलासले निःशुल्क पार्किङविरुद्ध परेको रिटलाई खारेज गरिदिएको हो ।काठमाडौं महानगरपालिकाका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले महानगरका सार्वजनिक स्थलमा निःशुल्क पार्किङ व्यवस्था मिलाइने जानकारी दिए । ‘महानगरका सार्वजनिक क्षेत्रमा अब पार्किङ शुल्क लाग्दैन,’ उनले भने, ‘पार्किङ शुल्क लिनेलाई कारबाही गर्छौं ।’ महानगरले अनुगमन संयन्त्र बनाएर निर्णय कार्यान्वयन गर्ने उनले बताए ।
महानगरले पुस १ गतेदेखि लागू हुने गरी निःशुल्क पार्किङको निर्णय गरेपछि जयबंगलामुखी सप्लायर्सका सञ्चालक विनोद शाक्यले नगरपरिषद् नबसी कार्यकारी प्रमुखले एकलौटी निर्णय गरेको दाबी गर्दै पुनरावेदनमा रिट दायर गरेका थिए । पुनरावेदनले सुरुमा निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु