हजारौं कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

२०७० पुष १३ गते, शनिबार


काठमाडौँ । सरकारी सेवामा रहेका झण्डै ४० हजार कर्मचारीले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय र्सतकता केन्द्रले शुक्रबार पत्रकार सम्मलेन गरी ती कर्मचारीको नाम र्सार्वजनिक गरेको छ । आर्थिक वर्षसकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने भए पनि अहिलेसम्म कर्मचारीले सम्पति विवरण नबुझाएपछि केन्द्रले नामावली र्सार्वजनिक गरेको हो । सरकारी स्रोतबाट तलव खानेमध्ये १२ हजार ६ सय ४५ जना निजामती कर्मचारी र २१ हजार ८ सय ९७ जना शिक्षकले सम्पत्ति विवरण नबुझाएका र्सतर्कता केन्द्रका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
त्यसैगरी उर्जा मन्त्रालयअर्न्तर्गतका ३ हजार २ सय ३२, अर्थमन्त्रालयअर्न्तर्गतका १ हजार २६ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । त्यसरी विवरण नबुझाउनेमा ४ जना राजदूत पनि छन् । यस्तै विभिन्न १८ वटा जिल्ला विकास समितिका कर्मचारी र स्वास्थ्य मन्त्रालयअर्न्तर्गत देशका ७३ वटा अस्पताल विकास समितिले सम्पति विवरण बुझाएका छैनन् । यस्तै सम्पत्ति विवरण नबुझाउनेमा नेपाल प्रहरीका पाँच जना उपरीक्षकसहित ८२ जना अधिकृत, सशस्त्र प्रहरीका माथिल्लो दर्जाका ८ जना र राष्ट्रिय अनुसन्धानका ४ जना अधिकृत पनि छन् । नेपाली सेनाले भने सम्पत्ति विवरण नबुझाउनेलाई आन्तरिक रुपमा पाँच हजार जरिवाना गर्ने भएकाले सबैले बुझाएका छन् । सम्पत्ति विवरण नबुझाउने कर्मचारीको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइने र्सतर्कता केन्द्रले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु