ताप्लेजुङका २३ वटा गाविस शान्तिक्षेत्र घोषित
ताप्लेजुङ , १६ पुस । यहाँका २३ वटा गाउ विकास समितिलाई शान्तिक्षेत्र घोषित गरिएको छ । सदरमुकाम फुङलिङ, दोखु र हाङदेवासहितका गाविसलाई शान्तिक्षेत्र गाविस घोषित गरिएको हो ।तमु ल्होसारका अवसरमा तमु समुदायको बस्ती रहेका गाविसलाई तमु हृयुल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का ताप्लेजुङले शान्तिक्षेत्र घोषणा गरिएको तमु ल्होसार मनाउन गठित मूल आयोजक समितिका संयोजक भरतकुमार गुरुङले बताए ।
बौद्ध दर्शन भएका तमु समुदायको बस्ती रहेका क्षेत्रलाई शान्तिक्षेत्र घोषणा गरी बुद्धको विचारलाई जनमानससम्म पुर्याउने गुरुङले बताए । उनले बुद्ध अहिंसा तथा शान्तिका अग्रदूत भएकाले बौद्धमार्गी समुदायको बस्ती रहेका क्षेत्रमा शान्तिको सन्देश छर्न यो अभियान थालेको जानकारी दिए ।
बाह्रवटा जनावरलाई वर्षका रूपमा लिने बौद्धमार्गीले हरेक साल एउटा जनावरको बिदाई तथा अर्को जनावरको आगमनका रूपमा लिने गर्दछन् । ल्हो भन्नाले नयाा साल भन्ने अर्थ लाग्दछ ।