प्रहरी पेट्रोल पम्प २४ सै घण्टा खुल्ला: केसी
काठमाडौँ,२४ पुस । प्रहरी प्रधान कार्यलय नक्सालमा रहेको पेट्रोल पम्प आजबाट २४ घण्टा संचालनमा आएको छ । ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखी प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको प्रहरी कल्याण पेट्रोल पम्प आजबाट २४ सै घण्टा खुल्ला गरीएको प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिए । यसअघि सो पम्प बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र संचालनमा लेराइएको थियो ।