राष्ट्रिय भूकम्प दिवस मनाइँदै

२०७० माघ २ गते, बिहीबार


काठमाडौ, २ माघ ।आज १६ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस जनचेतनामुलक कार्यक्रम गरि देशभर मनाइँदैछ ।विक्रम सम्बत् १९९० सालको महाभूकम्पको सम्झना गर्दै हरेक वर्ष माघ २ गते यो दिवस मनाउने गरिएको छ ।‘नबोली, नसोधी आउँछ भूकम्पीय विपद, जागौं, जुटाँै बचाउन सृष्टिको सम्पदा’ भन्ने नारासहित विभिन्न कार्यक्रम गर्न लागेको सरोकारवाला सङ्घसस्थाले जनाएका छन् ।
आज काठमाडौलगायत विभिन्न शहरहरुमा जनचेतना मुलक कार्यक्रम हुँदैछन् । भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वमै ११ औ स्थानमा पर्दछ । राजधानी काठमाडौ भूकम्पपछिको क्षतिका हिसाबले पहिलो स्थानमा रहेको भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक आमोदमणि दीक्षितले जानकारी दिनुभयो ।
९० सालको जत्रो भूकम्प गएमा काठमाण्डुमा एक लाख व्यक्तिको मृत्यु, झण्डै तीन लाख घाइते हुने र ६० प्रतिशतभन्दा बढि घर कामै नलाग्ने गरी भत्कने विज्ञहरुले बताएका छन् । आज दिउँसो २ बजेर २४ मिनेटमा देशभर भूकम्पीय पूर्वाभ्यास गरिने भूकम्प प्रविधि समाजले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु