कालीकोटमा भारी हिमपात जनजिवन कष्टकर
कालीकोट ४ माघ – शुक्रवार रातिबाट वर्षा संगै आएको भारी हिमपातले कालीकोट जिल्लाका माथिल्लो क्षेत्रका स्थानिय वासिको जनजिवन कष्टकर भएको छ ।वर्षा संगै परेको हिमपातका कारण सुर्खेत जुम्ला सडक खण्ड अन्तरगत पर्ने कालीकोट र जुम्लामा समेत ठांउ ठांउमा बाटो भत्किए पछि यात्रुहरुलाई समेत कठिनाई भएको छ । कालीकोट जिल्लाको माथिल्लो उच्च हिमालि क्षेत्र तथा जुम्ला, मुगु र वाजुराका सिमाना नजिकमा पर्ने गाविसका स्थानिय बासिको जिवन कष्टकर भएको छ । वर्षा संगै आएको हिमपातले स्थानिय वासिलाई दैनिक काम गर्न मात्र होइन बाहिर भित्र आवतजावत गर्न समेत असर पारेको स्थानिय बताइएका छन । जिल्लाका उच्च हिमाली क्षेत्रमा पर्ने गाविसमा हिंउ परेपछि स्थानिय वासिको काममा समेतमा कठिनाई भएको राम्नाकोटका महाविर थापाले बताएका छन ।उनका अनुसार काम गर्न बाहिर जान सकिने अवस्था छैन चिसो संगै हिंउ परे पछि समस्या आएको बताएका छन ।थापाका अनुसार यस अघि कमै मात्रमा हिंउ परेको खार्दुमा यस पटक अत्याधिक मात्रमा हिमपात भएको बताएका छन ।
हिमपातले जिल्लाको सदरमुकाम मान्म(खांडाचक्र) लगाएत राम्नाकोट, फोईमहादेव, रांचुलि, जुविथा, ओदानकु, धौलागोह, रुप्सा, मुम्रा,मेहलमुडी, खिन,बदालकोट लगाएतका गाविसमा हिंमपात भएको बताइएको छ । हिंउ परेपछि गाइ भैसीं भेडाबाख्रा लगायत गोठबाट वाहिर निस्केर चरन लागि समेत जान सकेका छैनन् भने घरबाट बाहिर आउन र काम गर्न कठिनाइ भएको स्थानिय वासिले बताएका छन ।उता जिल्ला प्रहरी कार्यलय कालीकोटले अहिले सम्म जिल्लामा कुनै पनि मानविय क्षेति नभएको बताएको छ ।
यस अघि पौष अन्तिम सातामा आएको वर्षा नभएको र हिमपात मात्र भएका कारण हिंउदे वालि जौ,गहुंमा खडेरीले समस्या परको समयमा वर्षा भएपछि स्थानियवासी भने हिंउदे वालि पाक्ने आशामा रहेका छन ।कालीकोटमा अधिकांस गाविसमा आकाशे पानिको भारमा हिउंदे तथा वर्षे वालि लगाउने स्थानका किसानहरुले खडेरीका कारण हिंउदे वालि जौ,गहुंमा समस्या आएको समयमा वर्षाले राहात दिएको बताएका छन । गत वर्ष अतिबृष्टिका कारण असिना परे पछि कालीकोटमा भोकमारीको समस्या आएको थियो ।-रुपेन्द्र ऐडी