ग्याँस पड्किँदा दुई जनाको मृत्यु
काठमाण्डौ,५ माघ- काठमाडौंको बुद्धनगरमा ग्याँस सिलिण्डर पड्केर आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको र थप विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक चिन्तामणि न्यौपानेका अनुसार मृत्यु हुनेमा विजय गुप्ता र शारदा गुप्ता रहेका छन् ।
गुप्ताका छोराछोरी भने अर्को कोठामा रहेकाले सकुशल रहेको पाठकले वताए । मृतक गुप्ताले बानेश्वरमा तिरुपती मिठाई पसल सञ्चालन गर्दै आएका थिए । आगलागीको कारण भने खुल्न नसकेको सई पाठकले जानकारी दिए । कोठामा सुतिरहेका समयमा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।
घटनावारे थप अनुसन्धान भइरहेको पाठकले वताए । प्रहरी, स्थानीयबासिन्दा र दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको छ ।