आजपनि देशभरका अस्पतालको सेवा ठप्प

२०७० माघ ८ गते, बुधबार


काठमाण्डौ ,८ माघ। अनशनमा बसेका डा. गोबिन्द केसीका सात सुत्रिय माग पूरा नगर्दा आजपनि देशभरका अस्पतालको सेवा ठप्प भएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको डिन नियुक्तिको निर्णय उल्ट्याउन तथा अनशनमा बसेका डा. गोबिन्द केसीका सात सुत्रिय माग पूरा गर्न माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि उत्रिएपछि देशभरका अस्पतालको सेवा प्रभावित भएको हो ।
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले डिन नियुक्तिको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिँदै अनसन तोड्न आग्रह गरेपनि गोविन्द केसीले अस्वीकार गरेका छन् । आफ्ना माग पूरा नभएसम्म अनसन नतोड्ने केसीले अडान लिइरहेका छन् ।यस्तै अनसनमा बसेका डा केसीको समर्थनमा आन्दोलनरत शिक्षण अस्पतालका चिकित्सकहरुले मंगलवार सामूहिक राजीनामा दिएका छन् । सातबुँदे माग राख्दै ११ दिनदेखि आमरण अनशनमा बसेका प्राध्यापक डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
यसैवीच डिन डा. शशि शर्मालाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न मन्त्रिपरिषद अध्यक्ष खिलारज रेग्मीले दिएको निर्देशनबारे छलफल गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठक बस्ने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु