चितवनका निजी विद्यालय अनिश्चितकालका लागि बन्द

२०७० माघ ९ गते, बिहीबार

चितवन, ९ माघ। नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (नेपाल ईष्टु) चितवनले जिल्लाका निजी विद्यालयहरु बन्दको आहृवान गरेको छ।
जिल्ला शिक्षा कार्यालयको रोहबरमा प्याब्सनसगँ भएको १८ प्रतिशत तलव बृद्धि र एक हजार मंगहीभत्ता उपलव्ध गराउने सम्झौता लागू नभएको भन्दै नेपाल ईष्टुले बिहीवारदेखि चितवनका निजी विद्यालयहरु अनिश्चितकालिन बन्दको घोषणा गरेको हो । ईष्टुको आन्दोलनका कारण चितवनका डेढसय भन्दा बढी विद्यालयको झण्डै पठनपाठन ठप्प हुने भएको हो ।मागहरु पूरा नभएसम्म कुनैपनि हालतमा विद्यालयहरु खुलाउन नसकिने नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन (नेपाल ईष्टु) चितवनका अध्यक्ष विष्णुबहादुर भुजेलले बताए । विगतमा भएका सहमति कार्यान्वयन नगर्ने प्याब्सनका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको भन्दै सो को जिम्मा प्याब्सनले नै लिनुपर्ने भुजेलले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु