अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु हुँदै

२०७० माघ १३ गते, सोमबार


काठमाडौं, १३ माघ । नेपाल फिल्म सोसाइटीले काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु हुँदैछ ।आज बेलुकी ४ बजे कृष्ण धरावासीको कथामा आधारित फिल्म ‘झोला’बाट महोत्सव उद्धघाटन हुने आयोजकले बताएको छ ।रुसी साँस्कृतिक केन्द्र, कमल पोखरीमा हुने महोत्सव पाँच दिनसम्म चल्नेछ ।उद्घाटनामा देखाइने फिल्म ‘झोला’ नेपालका सती प्रथालाई विषयवस्तु बनाई निर्माण गरिएको कथानक चलचित्र हो ।
महोत्सवमा नेपाल, भारत, दक्षिण कोरिया, स्पेन, इजरायल, फ्रान्स, नर्वे, दक्षिण अफ्रिका र रुसका गरी दस वटा फिल्म प्रदर्शनी गरिने छ ।नेपाली चलचित्रलाई समेत अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारमा ल्याउनका लागि महोत्सव गर्न लागेको सोसाइटीले जनाएको छ । नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजनास्थलका रूपमा प्रवद्र्धन गर्न महोत्सवले भूमिका खेल्ने सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताएका छन् ।महोत्सवमा प्रत्येक दिन दुईवटा देशका फिल्म देखाइने छ । महोत्सवका लागि विदेशी फिल्महरु सम्बन्धित राष्ट्रका राजदूतावासबाट प्राप्त भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु