सोनाम लोछार मनाइँदै

२०७० माघ १७ गते, शुक्रबार


काठमाडौं, १७ माघ। तामाङ समुदायको नयाँ वर्ष २८५० औँ ‘सोनाम लोछार’ आज मनाइँदैछ ।सो समुदायले सोही पर्वका अवसरमा एकापसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गर्ने प्रचलन छ । विशेष गरी सो समुदायले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने गर्छन् ।सो पर्वमा शुक्रबार घोडा वर्षलाई स्वागत गरिन्छ । आज रातिसम्म सर्प वर्ष चलिरहेको र त्यसलाई बिदाइ गरिन्छ । उनीहरूले मीठा मीठा खानेकुरा पकाएर खाने, साथीभाइ भेटघाट गर्ने र भोज खाने प्रचलन छ । पानी रोटीमा विभिन्न मरमसला राखी बनाइएको परिकार, गेडागुडीका परिकार, मासु तथा रक्सीलगायत खानेकुरा पनि खाइन्छ ।मञ्जुश्रीले चन्द्र पात्रोको विकास गरी त्यसलाई धर्मदेशनाका रूपमा बाहिर ल्याउने कार्य गरेको स्मरणमा सो पर्व मनाउने गरिएको जनविश्वास रहेको नेपाल तामाङ घेदुङ्का महासचिव कुमार ब्लोनले जानकारी दिनुभयो । घेदुङ्ले ल्होसारको अवसरमा टुँडिखेलमा अघिल्लो दिनदेखि नै विधिविधानअनुसार विभिन्न पूजा पाठ तथा दीपावली (मलाम) गर्ने र नयाँ वर्षका दिन विभिन्न सांस्कृतिक वेशभूषासहितको र्‍याली निकालेर विशेष कार्यक्रम गरिने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु