साबधान! झुट बोल्दा पोलिग्राफको फेला परिएला
काठमाडौं, १८ माघ।नेपाल प्रहरीले ढाँटेको पत्ता लगाउने पोलिग्राफ मेसिनपहिलोपटक प्रयोग गर्न लागेकोछ ।प्रहरीले नबिल बैंक लुटपाट प्रकरणमा कर्मचारीकै मिलेमतोमा पैसा लुटपाट भएको हुनसक्ने आशंकामा कर्मचारीमाथि नै पोलिग्राफ जाँच गर्ने भएको छ । झुटो बोलेको पत्ता लाग्ने पोलिग्राफ प्रविधि अमेरिकी सरकारको सहयोगमा नेपाल प्रहरीले हालै भित्र्याएको हो ।
महेन्द्रनगरबाट राष्ट्र बैंकको धनगढी शाखा लैजाने क्रममा नबिल बैंकको दुई करोड ३१ लाख रुपैयाँ रहस्यमय रुपमा २५ मंसिरमा लुटिएको थियो । नेपालमा अनुसन्धान प्रक्रियामा पोलिग्राफसम्बन्धी अनुसन्धान प्रक्रियालाई नेपाल प्रहरीले यही घटनाबाट सुरु गर्न लागेको हो । घटना भएको दुई महिना बित्न लाग्दा पनि प्रहरीले घटनाबारे कुनै महत्वपूर्ण तथ्य फेला पार्न सकेको छैन् ।
पहिले राजा प्रताप मल्लले अपराधका आरोपीलाई हनुमानढोकास्थित कालभैरवअगाडि लगेर बयान लिन्थे, झुट बोले अपराधी रगत छादेर तत्काल मर्छ भन्ने विश्वास थियो । सोही प्रक्रियापछि चारसय बर्षपछि नेपालमा पोलिग्राफ प्रविधि भित्रिएको छ । अब झुट बयान दिए मेसिनले पत्ता लगाउनेछ । उक्त मेसिन चलाउन
ढाँटेको पत्ता लगाउने पोलिग्राफ मेसिन नेपालमा पहिलोपटक प्रहरीले प्रयोग गर्न लागेको हो । एउटा पोलिग्राफ मेसिनको करिब १२ लाख रुपैयाँ छ । प्रहरी अधिकारीहरुका अनुसार पोलिग्राफ मेसिनभन्दा त्यससम्बन्धी तालिम महँगो हुने गर्छ । तालिमका लागि नेपाल प्रहरीलाई अमेरिकाले सहयोग गरेको छ ।
अभियुक्तहरुलाई साँचो बोलाउन प्रहरीले अहिले नार्को टेस्टको विधि अपनाउँदै आएको छ । यो विधिमा अभियुक्तलाई औषधिमार्फत साँचो बोलाउन लगाइन्छ, जसले स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । पोलिग्राफ मेसिनले शरीरका अंगहरुको प्रतिक्रियाका आधारमा झुटो बोलेको पत्ता लगाउँछ । मुटुको चाल, रक्तचापलगायत शरीरका अंगहरुको प्रतिक्रियाका आधारमा पोलिग्राफ मेसिनले झुटो बोलेको पत्ता लगाउने गरेको । विश्वका धेरै देशका प्रहरीले अपराध अनुसन्धानमा पोलिग्राफ मेसिनको प्रयोग गर्दै आएका छन् ।