महानगरीय प्रहरी आयुक्त कार्यालय र त्रिचन्द्र क्याम्पस भत्काइने

२०७० माघ २० गते, सोमबार

काठमाडौं, २० माघ ।काठमाडौं महानगरपालिकाले ऐतिहासिक सम्पदा रानीपोखरी परिसरका महानगरीय प्रहरी आयुक्त कार्यालय, त्रिचन्द्र क्याम्पसलगायतका भवन हटाउने भएको छ ।सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न महानगरपालिकाले ती संरचना हटाउने वा खाली गराउने निर्णय गरेको हो । अदालतले रानीपोखरी परिसरका भौतिक संरचना हटाउन आदेश दिएको थियो ।फैसला कार्यान्वयनका लागि महानगरपालिकाका बोर्ड प्रमुख एवं कार्यकारी अधिकृत लक्ष्मण अर्यालको सभापतित्वमा सरोकारवालाको बैठक बसेको थियो । बैठकमा उपस्थित सरोकारवाला कार्यालयका प्रतिनिधिलाई अर्यालले सर्वोच्चको फैसला कार्यान्वयन प्रक्रिया अघि बढाउने जानकारी गराएका थिए ।बैठकमा पुरातत्त्व विभाग र त्रिचन्द्र क्याम्पसका प्रतिनिधि उपस्थित थिए । बैठकपछि अर्यालले भने, ‘महानगरीय प्रहरी आयुक्त कार्यालय, त्रिचन्द्र क्याम्पस, कानुन सुधार आयोग, इन्जिनियरिङ एसोसिएसनको भवन हटाउन सोमबारदेखि पत्राचार गर्छौं ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु