लोडसेडिङको अझै थपियो

२०७० माघ २३ गते, बिहीबार


काठमाडौं,२३ माघ । नेपाल विद्युत प्राधिकरणले विद्युतभार कटौतीको समय एक घण्टा बढाएर १२ घण्टा पुर्‍याएको छ । यसअघि दैनिक ११ घण्टा लोडसेडिङ हुंदै आएको थियो । माघ २६ गतेदेखि लागू हुने गरी बढाइएको कटौतीको समयअनुसार अब साताको ८४ घन्टा विद्युत कटौती हुने भएको छ ।
यसअघि हप्तामा ८० घण्टा विजुली कटौती हुंदै आएको थियो । परिस्थिति अनुकूल र प्रतिकूल भएको समयमा आकस्मिक रुपमा एक घण्टा विद्युत कटौती थपघट हुनसक्ने प्राधिकरणले जनाएको छ। नदीहरुमा पानीको मात्रा घट्न गई विद्युत उत्पादन कम भएको हुंदा लोड सेडिङ बढाउन बाध्य भएको प्राधिकरणको भनाई छ । यस बर्ष दैनिक १२ घण्टा भन्दा बढी लोड सेडिङ नबढ्ने दावी प्राधिरकण स्रोतको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

२०८२ कार्तिक १४ गते, बिहीबार