गुठी प्रमुखलाई मोसो दलियो
 जनकपुर ,२३ माघ। गौ संरक्षण अभियान तथा नागरिक समाजका व्यक्तिहरुले जनकपुरस्थित गुठी संस्थानका प्रमुख दीपक पाण्डेलाई मोसो दली कुटपिट गरेका छन् ।जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउन गइरहेका समाजसम्बद्ध व्यक्तिहरुले गुठी संस्थानमा पुगेर कार्यालय आफ्नो ब्यानर झुन्डाएपछि पाण्डेलाई मोसो दली कुटपिट गरेका हुन् ।घटनापछि सुरक्षाकर्मीले पाण्डेलाई सुरक्षा दिादै जिल्ला प्रशासन कार्यालय धुनषामा लगेको थियो । केन्द्रीय गुठी संस्थान सञ्चालक समितिले माघ १७ गते जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलाई महन्थ पदबाट हटाई सो ठाउामा जनकपुर-६ बस्ने जगदीश दासलाई नियुक्त गरेपछि विवाद चुलिएको हो ।
“गुठीका केन्द्रीय अध्यक्ष पञ्चलाल महर्जनलाई खारेज गरेर रत्न सागर कुटीका महन्थ वैकुण्ठ दासलाई कारबाही गर” भन्दै निस्केको जुलुसले जिल्ला प्रशासन कार्यालय धनुषामा गई ज्ञापनपत्र बुझाएको छ ।ज्ञापनपत्रमा मठमन्दिरको मूर्ति बेच्ने गुठी संस्थान, महन्थ बैकुण्ठ दास र सञ्चालक समितिका अध्यक्ष महर्जनलाई कारबाही गर्न माग गरिएको छ । – रासस

 
                 
                             
                             
                         
                        