भँगेरीमा गंगालाल र पुष्पलालको सालिक निमार्ण आरम्भ
काठमाडौ, २५ माघ । गंगालाल–पुष्पलालसालिक निमार्ण कार्यशाला २४–३०माघ भँगेरी,रामेछाप कार्यक्रम आरम्भ भएको छ । २३ गते माघ मन्थलीमा रामेछाप पत्रकार ,समाज,सेवी व्यापारी,राजनैतिक व्यक्तिहरू सँग अन्तरकृया कार्यक्रम ग¥यो भने अध्यक्षता हितप्रसाद जूनमाया सुवेदी साहित्यक प्रतिष्ठानका अध्यक्ष अशोक सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मूर्तिकार नरेन्द्र भण्डारी,अग्निराज पौडेल अराप ।रामेछाप प्रेसचैतारीका अध्यक्ष सौजन्ष् सत्याल,झम्क कँडेल,पेशल आचार्य,मङ्गोल सुत्रले कार्यक्रमको उद्देश्यमाथि बोल्नु भएको थियो भने प्रगतिवादी साहित्यकार वैरागी जेठाले कविता बाचन गर्नु भएको थियो । माघ २४गते सालिक शिला खोजी आरम्भ गरिएको थियो । २५ गते धारा पानीबाट शिला लिएर गंगालाल पुष्पलाल जन्मेको घरमा पु¥याइ मूर्ति कोर्न आरम्भ गरिएको थियो भने उक्तकार्यक्रमको सञ्चाल अशोकसुवेदीले गर्नु भएको थियो ,उक्त कार्यशालाका को अध्यक्षता ध्रुवश्रेष्ठले गर्नु भएको थियो,प्रमुख अथिति विष्णुकुमार श्रेष्ठ , विशेष अथिति मुक्ति कृष्णश्रेष्ठ ,अन्य बक्ताहरू रामकृष्ण श्रेष्ठ, सन्तबहादुर शाही,नरेन्द्र भण्डारी मुर्तिकार ,मङ्गोल र साहित्यकार बैरागी जेठाले भँगेरी शिर्षक वाचन गर्नु भएको थियो । मैनबत्ती बालेर सालिक निमार्ण कार्याशाला उद्घाटन छिनो र हथौडाले शिला खोपेर कार्याशाला आरम्भ गरिएको थियो । उक्त कार्यक्रमको आयोजक,हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्यिक प्रतिष्ठान,अने ललितकला सङ्घ के.स., रामेछाप रहेका छन् ।
–वैरागी जेठा भँगेरी