आज‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस

२०७० फाल्गुन २ गते, शुक्रबार


काठमाडौं, २ फाल्गुन। आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर विभिन्न तरिकाले मनाइँदैछ । आफूलाई माया गर्ने मायालुलाई रातो गुलाबको फूल तथा विभिन्न उपहार दिएर यो दिवश मनाउने गरिन्छ । यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो ।
आजका दिनमा प्रेमी–प्रेमिकाले प्रेमको प्रतीक रातो गुलाब साटासाट गर्ने र औपचारिक रुपमा प्रेम प्रस्ताव राख्ने प्रचलन छ । पश्चिमा संस्कृति भएपनि यस दिवशले नेपालमा हिजोआज निकै स्थान पाइरहेको छ ।
आजको दिनमा विशेषगरी विभिन्न पार्क, सिनेमा हल, रेष्टुराँ तथा मन्दिरहरुमा युवा-युवतीहरुको भीड लाग्ने गर्छ । इशापूर्व २७० मा रोमन सम्राट क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा अवरोध हुने र शान्ति सुरक्षामा खलल पुग्ने भन्दै प्रेम गर्न प्रतिबन्ध लगाएका थिए ।
तर, उनको आदेशको अवज्ञा गर्दै पादरी भ्यालेन्टाइनले प्रेम के हो भन्ने बिर्सिसकेका सैनिक युवा–युवतीलाई भटाभट विवाह गराइदिएपछि आक्रोशित सम्राटले उनलाई फेब्रुअरी १४ अर्थात आजकै दिनमा मृत्युदण्ड दिएका थिए ।भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा हरेक फेब्रुअरी १४ लाई ‘भ्यालेन्टाइन डे’का रुपमा मनाउने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २४ गते, शुक्रबार

आज विश्व दृष्टि दिवस

२०८२ आश्विन २३ गते, बिहीबार