कसम खुवाउदै ट्राफिक प्रहरी
काठमाडौ, ७ फाल्गुन । ट्राफिक प्रहरीले नियम उलंघन गरे कारवाही गर्छ भन्ने सबैको सोचाई अब झुटो साबित गराउने भएको छ । मौका मिल्दा नियम उलंघन गर्नेहरु पनि ट्राफिक देखेपछि नियम पालना गर्ने बानी छ ।ट्राफिक नियमको समान्य गल्ती गरेपनि कम्तीमा एक सय रुपैया जरिवाना तिर्नु पर्ने हुन्छ । ट्राफिक प्रहरीले अबदेखि नियम उलंघन गर्ने मोटरसाइकल चालकसंग लाइसेन्स, बिलबुक लिएर २४ घण्टे चिट काट्दैन ।सडकको खुला क्षेत्रमा लगेर नियम उल्लंघन नगर्ने कसम खानु पर्ने हुन्छ । ट्राफिक निगरानीमा परेका यस्त्स्ता व्यक्तिको तीन पुस्ते विवरण, शैक्षिक योग्यता, पेशा लगायत टिपाउनुपर्ने हुन्छ ।अनि बढीमा १० मिनेट ट्राफिक नियम सम्बन्धि जानकारीमुलक प्रवचन सुन्नु पर्ने हुन्छ । सडकमा दिइने कक्षामा ट्राफिक नियम सम्बन्धि टिप्स हुन्छ ।