मातृभाषा दिवस मनाइदै

२०७० फाल्गुन ९ गते, शुक्रबार

काठमाडौं, ९ फागुन । आज अन्तर्राट्रिय मातृभाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।नेपालमा सयभन्दा बढी भाषा बोलिने भएपनि उचित संरक्षणको अभावमा सबै भाषा लोपोन्मुख अवस्थामा पुगेका छन् ।सरकारी कामकाजका लागि नेपाली भाषा प्रयोग हुने् र अरु भाषा घरमा बोल्नेक्रम पनि विस्तारै हट्दै गएपछि लोप हुने अवस्थामा पुगेको सरोकारवालाहरु बताउँछन् ।
मातृभाषा सम्बन्धि अन्तर्राष्ट्रिय दिवस सन् २००० देखि मनाउन थालिएको हो । संयूक्त राष्ट्रसंघको आह्वानमा मान्न थालिएको यो दिवसमा पाकिस्तानी र बंगलादेशी विद्यार्थीको सम्झाना गर्ने गरिन्छ ।सन् १९५२ मा तत्कालिन पूर्वी पाकिस्तान अन्र्गतका बंगलादेशी विद्यार्थीहरुले आफ्नो मातृभाषा बोल्न पाउनुपर्ने माग गर्दा दमन भएको र त्यतिबेला ज्यान गुमाएका विद्यार्थीहरुको सम्झाना यो दिवस मनाइदै आइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

२०८२ कार्तिक १४ गते, बिहीबार