भारत जान गाडी पास चाहिने

२०७० फाल्गुन ११ गते, आईतवार

काठमाडौ, ११ फागुन ।नेपाली नम्बरका सवारी साधन नेपालगञ्ज नाकाबाट भारत प्रवेश गराउन अबदेखि पास लिनुपर्ने भएको छ ।भारतीय पक्षले नेपाली नम्बरका सवारी साधन प्रवेशका लागि शनिबारदेखि दर्ता गराएर अनुमति लिनुपर्ने ब्यवस्था गरेको हो ।नेपालगञ्ज बजारमा भारतीय नम्बर प्लेटका मोटरसाइकल भन्सार अनुमति बिना सञ्चालनमा कडाई गर्न थालेपछि भारतीय पक्षले पनि नेपाली मोटरसाइकल प्रवेशमा अनिवार्य पास लिनुपर्ने ब्यवस्था गरेको हो ।
नेपाली मोटरसाइकललाई रुपैडिया बजार क्षेत्र भित्रसम्म आवत जावत गर्नका लागि इन्ट्री गरी निशुल्क पास दिने व्यवस्था गरिएको रुपैडियामा रहेको भारतीय कष्टमका अधिक्षक राजीव रायले जानकारी दिए ।उनका अनुसार कष्टमबाट उपलब्ध गराइने एक दिनको पास रेलवे स्टेशन र प्राइभेट बसपार्कसम्म मात्र लागु हुनेछ । सिमित क्षेत्र भन्दा बाहिर भेटिने सवारी साधनलाई जरिवाना गरिने रायले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु